मेरो बारेमा
खै, आफ्नै बारेमा के लेखौँ र !
म एउटा सामान्य मानिस, जो समसामयिक, दार्शनिक, आध्यात्मिक र अन्य विषयहरूमा आफूले पढेका, देखे-सुनेका, भोगेका, सोचेका तथा अरूबाट प्रभावित भएका अनुभव र विचारहरू आदरणीय पाठकहरूसामु प्रस्तुत गर्न चाहन्छु। म यहाँ लेखका साथसाथै चित्रकला अनि गीत-सङ्गीतहरू पनि प्रस्तुत गर्नेछु।
अनि किन आफ्नो बारेमा आफ्नै यस्तो प्रस्तुति? कतै पढेको थिएँ— “प्रत्येक दिन मसानघाटमा सयौँ मानिसका सयौँ कथा, कला अनि सपनाहरू कसैले नलेखी अनि नदेखी-नसुनी सधैँका लागि धुवाँ र खरानी भएर जलिरहेका हुन्छन्।“ सायद जन्म लिएर एक दिन सधैँका लागि कहिल्यै आफ्नो अस्तित्व नै नभएझैँ विलिन हुने डर अनि छटपटीले गर्दा मलाई अरूसामु आफ्नो अस्तित्वको झलक देखाउने प्रेरणा मिलेको हुनुपर्छ।
अब यो कम्प्युटर र कृत्रिम बुद्धिमत्ता को जमानामा पनि किन लेख्नु, किन चित्र कोर्नु? भनेर कसैले सोध्न सक्छन्। यसको एउटै उत्तर हो— मानिसले जीवन भोग्छ, कम्प्युटरले होइन। कम्प्युटर कहिल्यै प्रेममा मग्न भई नाचेको, बिछोडमा तड्पिएको, फूलको सुगन्धले उमङ्गित बनेको अनि भोक र तिर्खाले छटपटाएको सुन्नुभएको छ?
मेरा कुनै पनि शब्द अनि कलाहरूले कसैको जीवनमा सकारात्मक असर पारेमा म आफूलाई धन्य ठान्नेछु। यदि अन्जानमा कसैको भावनामा ठेस पुग्न गएमा क्षमाप्रार्थी छु। हजुरहरूका हरेक सल्लाह-सुझावहरूलाई म हार्दिक स्वागत गर्दछु।
मलाई सम्पर्क गर्न चाहेमा कृपया [email protected] इमेलमार्फत सम्पर्क गर्न सक्नुहुनेछ।
आफ्नो बारेको यो पृष्ठमा म समयक्रम र जीवनका परिस्थितिहरूसँगै वर्णन गर्दै, परिमार्जन गर्दै र अद्यावधिक गर्दै जानेछु।
(नोट: अङ्ग्रेजी माध्यमको विद्यालयमा पढेको र जवानीमा विदेश पलायन भएको हुनाले मेरो नेपाली भाषाको ज्ञान त्यति पोख्त छैन। यसकारण लेखनमा धेरै त्रुटिहरू फेला पर्न सक्छन्, जसका लागि म क्षमा माग्दछु। हजुरहरूले मिलाएर बुझिदिनुहोला। यो लेखलाई व्याकरणीय र शैलीगत रूपमा सुधार गर्न कृत्रिम बुद्धिमत्ताले मद्दत गरेको हुनाले यसलाई धन्यवाद दिन्छु।)